मदरल्यण्डमा त्रिदिवसीय सांस्कृतिक कार्यक्रमको समापन

पोखरा । शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयको त्रिदिवसीय सांस्कृतिक कार्यक्रम  विद्यालय प्राङ्गणमा आइतबार एक समारोहबिच समापन भएको छ।
किताबको सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको उद्घाटन सत्रमा कक्षा नर्सरीदेखि कक्षा तीनसम्मका प्रस्तुतिहरू राखिएका थिए । यश कार्यक्रममा शिक्षक तथा अभिभावकको सामान्य सहयोगमा विद्यार्थी आफैंले तयारी गरेका समाजका सापेक्षतामा विभिन्न जातजातिका संस्कृति तथा वेषभुषा झल्कने एवम् जीवनोपयोगी सन्देश दिने गीत, नाटक, भजन, कविता, नृत्य तथा प्रहसनहरू प्रस्तुत गरिएका थिए। तीन दिनसम्म चलेको यश कार्यक्रममा करिब बाह्र सय विद्यार्थीहरू प्रसतुतिमा सहभागी भएर आफ्नो प्रतिभा देखाउन सफल भएको कुरा विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले जानकारी दिए।
तीन दिनसम्म चलेको उक्त कार्यक्रमको समापन मन्तव्यमा प्रमुख अतिथिले असल र कुशल शिक्षकशिक्षिकाबाट विद्यार्थीमा निखारिएका प्रतिभा प्रस्फुटित हुने भाव व्यक्त गर्दै यश विद्यलयकम सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू अनुकरणीय र अनुसरणीय भएको बताए। साथै उनले विद्यालयमा जसरी शिक्षकशिक्षिकाबाट विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापहरू सिकाइएका हुन्छन् त्यसरी नै घरमा पनि अभिभावकहरूले आफ्ना बाबुनानीहरूलाई घरका काम तथा व्यावहारिक सिपहरूमा संलग्न गराउँदै शिक्षालाई जीवनसँग  जोड्नुपर्ने कुरामा जोड दिए।
यसै अवसरमा विद्यालयका निर्देशक त्रिभुवन शर्माले विद्यालयको सम्मानित विगत स्मरण गर्दै यहाँसम्म ल्याउनका लागि प्रयत्नरत सम्पूर्ण अभिभावक, शिक्षककर्मचारी तथा शुभचिन्तकहरूलाई आभारका साथ धन्यवाद व्यक्त गरेका थिए । साथै विश्वव्यापी प्रतिस्पर्धामा मदरल्याण्डका विद्यार्थीहरूले सजिलै प्रतिस्पर्धा गर्न सकेको कुरा पनि व्यक्त गरे। सोही कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका कार्यालय प्रमुख नारायणप्रसाद सुवेदी, राष्ट्रिय परीक्षा बोर्ड पोखराका कार्यालय प्रमुख लक्षमण देवकोटा,  विद्यालयका संस्थापक प्रचार्य नारायण बराल, समाजसेवी तथा विद्यालयका शुभचिन्तक तेजनारायण अधिकारी, वडा नं. ७ का वडाध्यक्ष राममोहन आचार्य, काइन्डनेस अभियानकी संस्थापक दुर्गामाया एन्डर्सनलगायतले बोलेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमनारायण पोखरेलको सभापतित्वमा आयोजित समापन सत्रको कार्यक्रम प्रा. वि. इन्चार्ज केशु शर्माका साथमा कक्षा नौदेखि बाह्रसम्मका विद्यार्थीहरूले सञ्चालन गरेका थिए।
कमेन्टहरु
Loading...