रास्ट्रिय पुस्तक दिवसको दिनमा शैक्षिक सामग्री बितरण

पाेखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीले बिहीबार माघ १२ गते १० औ रास्ट्रिय पुस्तक दिवस तथा श्री पञ्चमी ( सरस्वती पुजा ) को शुभ अवसरमा पोखरा १६ अर्मलाकोट स्थित श्री सीता आधारभुत बिद्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थीहरूलाई शैक्षिक सामग्री र ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीका अध्यक्ष कबीन्द्र प्रसाद पोखरेलको अध्यक्षता र नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ केन्द्रीय सचिव शकुन्तला देवी शर्माको प्रमुख आथित्यतामा शैक्षिक सामाग्री हस्तान्तरण भएको थियो । कार्यक्रममा प्रमुख अतिथी शर्माले ब्यवसायीको सामाजिक दायित्व अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणमा उपस्तिथि हुनपाउदा गर्वानुभुती भएको बताइन् ।

कार्यक्रममा बिद्यालयका प्र.अ. देवी कुमारी आचार्यले पुस्तक ब्यवसायीको सहयोगले विद्यालय र ब्यवसायी विचको सम्बन्ध अझ प्रगाढ रहिरहने विश्वास व्यक्त गरिन् । सोही कार्यक्रममा बिद्यालयका शिक्षक अभिवावक संघका अध्यक्ष इन्द्र बहादुर गुरुंगले बसाइँसराइले गाउँ रित्तो बनेको र त्यसको असर विद्यालय परेको बताए ।

कार्यक्रममा शिक्षा प्रेमी सामाजिक ब्यक्तित्व पि.एन. क्याम्पस पोखराका प्राध्यापक हिमलाल आचार्य , केन्द्रीय सदस्यद्वय मोहन प्रसाद सापकोटा र गोविन्द गौतमले शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियो भने बिद्यालय का बिद्यार्थी बाबु नानी ले स्वागत नृत्य प्रस्तुत गरेका थीए ।

उक्त कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कास्कीका पदाधिकारी ,कार्यसमिति सदस्य, व्यवसायीहरू, शिक्षा प्रेमी समाजसेवी , स्थानिय टोल बिकास समिति , आमा समूह , अभीवावक र बिद्यार्थीहरू को उपस्थिति रहेको थियो। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखाका दितीय उपाध्यक्ष ध्रुव पोखरेलले स्वागत मन्तव्य राखेका थिएभने कार्यक्रममा धन्यवाद ज्ञापन सह सचिव रामप्रसाद सुबेदीले गरेका थिए । कार्यक्रमकाे सञ्चालन सचिव सञ्जय आचार्यले गरेका थिए ।

 

 

 

 

 

कमेन्टहरु
Loading...