भदौरेको बहादुरे माविले मनायो ६८औं वार्षिकोत्सव

पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नं ४ मा अवस्थित श्री बहादुरे माबि को ६८ औं बार्षिकोत्सव एक भब्य कार्यक्रमका बीच सम्पन्न भएको छ। प्रसिद्ध धार्मिक, पर्यटकीय एवं साँस्कृतिक तीर्थस्थल पञ्चासेको मूलद्वारका रुपमा रहेको गाउँ भदौरे देउरालीमा अवस्थित बिद्यालयमा भएको बार्षिकोत्सव तथा सरस्वती पुजा कार्यक्रमको उद्घाटन प्रतिष्ठित युवा उद्योगपति तथा पोखरा उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष देबेन्द्र केसीले गरेका हुन् ।

अष्ट्रेलियाली विशेष सहयोगी मितेरी बिद्यालय विन अष्ट्रेलियाको विशेष आर्थिक सहयोगमा निशुल्क छात्राबास सहित माध्यमिक तह कक्षा १२ सम्म पठनपाठन हुने बिद्यालय यस क्षेत्रमै पुरानो नमूना बिद्यालयका रुपमा मानिन्छ ।

बिहीबार सरस्वती पुजा (बसन्तपञ्चमी)को बिशेष अबसर तथा बार्षिकोत्सव कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक रामप्रसाद पौडेलले बिद्यालय सुधार बार्षिक प्रतिबेदन पेश गरेका थिए ।

त्यस्तै पञ्चासे क्षेत्र विकास समिति सदस्य सचिव नवराज पौडेल, वडा सदस्य सन्तोष गुरुङ, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिल गुरुङ तै काजी गुरुङ, पूर्व शिक्षक आशबहादुर गुरुङ, शिक्षक, अभिभावक संघका अध्यक्ष मानबहादुर क्षेत्री लगायतका बक्ताहरुले विद्यालय सुधारप्रति सुभेच्छा राख्दै सुभकामना मन्तब्य राखेका थिए ।

विद्यालयका विशेष सहयोगीका रुपमा रहेका कार्यक्रमका प्रमूख अतिथि उद्योगपति देबेन्द्र केसीले विद्यालयको शैक्षिक र भौतिक प्रगतिमा आफूले कुनै कसर नराखी साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले पठनपाठन दायराबाहिर रहेका विद्यार्थीलाई विद्यालय शिक्षाको दायराभित्र ल्याउन र जेहेन्दार बिद्यार्थी सहायताका लागि ‘देबेन्द्र केसी अक्षयकोष’ मा ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा समेत उक्त कार्यक्रममा गरेका थिए ।

कार्यक्रममा अक्षयकोष स्थापना गरेका सहयोगदाताहरुलाई सम्मान, उत्कृष्ट बिद्यार्थीहरुलाई अक्षयकोष रकम वितरणलगाएतका कार्य गरिएको थियो ।

कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुन सफल बिद्यार्थीहरुलाई पुरस्कार वितरण कार्यक्रम समेत सञ्चालन गरिएको कार्यक्रमको अध्यक्षता विद्यालय ब्यवस्थापन समिति सदस्य आइन्दल गुरुङले गरेका थिए ।

कमेन्टहरु
Loading...