बिपक्षीले नमान्नु आश्चर्य : सापकोटा

हेटौडा, माघ २६ – एमाओवादी प्रवक्ता अग्नी सापकोटोले बिपक्षी दलहरुले आफ्नो दलको प्रस्ताव नमान्नु आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् । 

‘बिपक्षीहरु चुनाव हुनुपर्छ भन्छन्, कुनै पनि विकल्प मान्दैनन्’, उनले भने,’बिपक्षीहरु सहमति चाहँदैनन् भन्ने देखिन्छ ।’ सहमतिको चुनावी सरकार बनाउने बिपक्षीको आसय अनुसार नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ विकल्पन दिएको उनको दाबी थियो ।

एमाओवादीको हेटौंडामा जारी अधिवेशनबारे जानकारी दिन मिडिया सेन्टरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले यस्तो धारणा राखेका हुन् । cp.

 

कमेन्टहरु
Loading...