पोखरामा विमान दुर्घटना परी ज्यान गुमाउने ४६ जनाकाे शब काठमाडौं लगियाे

पाेखरा । १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाकाे शब आज काठमाडौं लगिएकाे छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं लगि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुराइएको छ ।

अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।

कतिपय शव पहिचान गर्न नै नसकिने खालका भएको र डिएनए परीक्षण समेत गर्नुपर्ने भएकाले काठमाडौं लगिएको हो । विमानमा ७२ जना सवार थिए त्यसमध्ये ७० जनाको मात्रै शब फेला परेको छ । बाँकी दुई जनालाई अझै फेला पार्न सकिएको छैन ।

कमेन्टहरु
Loading...