भारतमा स्वाइन फ्लूबाट ९१ जनाको मृत्यु

एजेन्सी, माघ २६ । भारतमा स्वाइन फ्लूका कारण यसवर्ष मात्रै ९१ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार यसवर्षको जनवरीदेखि हालसम्ममा चार सय भन्दा बढी व्यक्तिमा स्वाइन फ्लू भेटिएको छ । त्यसमध्ये ९१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वाइन फ्लूबाट सबैभन्दा बढी राजस्थान राज्य प्रभावित बनेको छ । भारतभर सन् २००९ र २०१० मा मात्र २० हजारभन्दा बढी यस रोगबाट प्रभावित भएको र नियन्त्रण गर्न सरकार असफल भएको पनि मन्त्रालयले जनाएको छ ।

स्वाइन फ्लूका बिरामीको चाप बढेपछि भारतभरका अस्पतालमा उचित उपचारको ब्यबस्था मिलाएको छ । स्वाइन फ्लू एच वान एन वान भाइरसका कारण लाग्ने रोग हो ।

 

 

कमेन्टहरु
Loading...