सिटिजन लाइफ इन्स्योरेन्स हेम्जाद्वारा एक विमितका परिवारलाई साढे १५ लाख रुपैयाँ हस्तान्तरण

पोखरा । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनिको हेम्जा शाखाले एक जना दिवंङ्गत बिमितका परिवारलाई १५ लाख ५२ हजार ५ सय रुपैया मृत्युदाबी रकम भुक्तानी गरेको छ । सोमबार हेम्जामा आयोजित दाबी भुक्तानी कार्यक्रममा पोखरा–१७ बिरौटाकी बिप्रशा लामिछनेको परिवारलाई रु १५ लाख ५२ हजार ५ सय रुपैया रकम हस्तान्तरण गरिएको हो ।

सिटिजन बार्षिक अग्रिम भुक्तानी जीवन बिमा योजना अन्तर्गत २०७८ साल साउन ३१ गते जिबन बिमा गरेकी लामिछनेको २०७९ असोज २१ गते पोखराको रिजनल हस्पिटलम मृत्यु भएको थियो । रु १५ लाखको जिबन बिमा पोलिसी खरिद गरेकी लामिछनेले पहिलो र दोश्रो बर्षको गरी जम्मा १ लाख १९ हजार ८ सय ९२ रुपैया प्रिमियम भुक्तानी गरेकी कम्पनिका हेम्जा शाखा प्रमुख सन्तोष पराजुलिले जानाकारी दिए ।

कार्याक्रममा कम्पनिका प्रमुख कार्याकारी अधिकृत पोशक राज पौडेलले लामिछानेका बुवा भरतराज लामिछनेलाई उक्त मृत्युदाबी रकमको चेक हस्तान्तरण गरेका थिए ।

कारीब ५० जना एजेन्सी उपस्थित उप्त कार्यक्रममा कम्पनिका प्रमुख बजार अधिकृत भुषण रिमाल चिफ बिजनेस अफिसर सुनिल पोख्रेल तालिम बिभाग प्रमुख कुबेर पाठक लगायतले मन्तब्य राखेका थिए ।

उप्त कार्यक्रमको सन्चालन पोखरा एरियाका एरिया प्रबन्धक छबिलाल पौडेलले गरेका थिए ।

कमेन्टहरु
Loading...