पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता खगराज अधिकारी नियुक्त भएका छन् । सत्तारुढ दलको भागवण्डा अन्तरगत गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेलाई दिइने भएपछि अधिकारीले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आफ्नो दाबी पेश गरेपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको गरि (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्तको दाबी पेश गरेका थिए ।
एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुखसमेत रहेका खगराजले कास्की–१ (१) बाट चुनाव जितेका हुन् ।
अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्तीसँगै सपथ कार्यक्रम पनि आजै हुने जनाइएको छ ।