अनलाइन पत्रकार संघ गण्डकीकी कोषाध्यक्ष घिमिरेलाई मातृशोक

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीकी कोषाध्यक्ष अनिता घिमिरेलाई मातृशोक परेको छ । उनकी आमा देवकला घिमिरेको मनिपाल अस्पतालमा उपचारको क्रममा आज (मंगलबार) निधन भएको हो । पाल्पा जिल्ला तानसेन १४ कुसेनी घर भई हाल पोखरामा पत्रकारीता गर्दै आएकी अनिता घिमिरेको आमाको गत वर्ष प्यारालाइसिस भई उपचार चलिरहेको थियो ।

आमाको निधनप्रति अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीद्वारा हस्ताक्षरित शोक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको छ ।

कमेन्टहरु
Loading...