एमाओवादीद्वारा ९९ केन्द्रीय सदस्य चयन (सदस्यहरुको पूर्ण विवरणसहित)

२६ माघ, हेटौँडा । एकीकृत नेकपा माओवादीले महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समितिको प्यानल तयार पारेको छ । केन्द्रीय समिति १ सय ५१ सदस्यीय बनाउने भए पनि हाललाई ९९ सदस्यीय समिति मात्रै घोषणा गरिएको हो । शुक्रबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले ९९ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो । यो नामावली हलले पारित गर्न बाँकी छ ।

पुरानो समितिको बरियताकै आधारमा केन्द्रीय सदस्य चयन गरिएको छ । तर, संस्थापक नेता नरबहादुर कर्माचार्यको नाम केन्द्रीय सदस्यबाट झिकेर संरक्षकमा राखिएको छ भने कोरियाका राजदूत बनेका कमानसिंह लामाको नाम पनि हटाइएको छ । त्यसैगरी हालै निधन भएका दिलबहादुर श्रेष्ठको ठाउँमा पनि नयाँ सदस्य आएका छन् । त्यसैगरी तेजप्रकाश कँडेल, र वेदनिधि अधिकारीलाई समेत हटाएर उहाँहरुको ठाउँमा सविना अर्याल र कृष्णप्रसाद शर्मालाई तानिएको छ ।

नयाँ केन्द्रीय समितिको नामावली यसप्रकार छ :

पुष्पकमल दहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी, कष्णबहादुर महरा, टोपबहादुर रायमाझी, वर्षमान पुन, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, दीनानाथ शर्मा, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, जनार्दश शर्मा, हिसिला यमी, पासाङ, बलदेव, लोकेन्द्र विष्ट, देवेन्द्र पौडेल, हेमन्तप्रकाश वली, गोपाल किराती, हितराज पाण्डे, राम कार्की, लेखराज भट्ट, निनु चापागाई, भीमप्रसाद गैतम, स्वनाम साथी, आहुती, विश्वनाथ शाह,सुव नवराजेदी, लीलबहादुर थापा, डिलाराम आचार्य, गिरिधारीलाल न्यौपाने, एनके प्रसाई, जीतवीर लामा, रामचरण चौधरी, नारायण दाहाल, वामदेव क्षेत्री, धु्रब पराजुली, गंगा कार्की, सन्तु दराई र गणेशमान पुन, जोखबहादुर महरा, पुष्पविक्रम मल्ल, हितबहादुर तामाङ, विकेश श्रेष्ठ, जगप्रसाद शर्मा, खगराज भट्ट, भक्तबहादुर शाह, कालीबहादुर मल्ल, दीपेन्द्रकुमार पुनमगर, टेकबहादुर बस्नेत, महेश्वर गहतराज र कमला रोक्का छन् ।

यसैगरी तेजबहादुर वली, कालीबहादुर खाम, ओनसरी घर्ती, झक्कुप्रसाद सुवेदी, धनबहादुर मास्की, रामप्रसाद बञ्जाडे, भक्तिप्रसाद पाण्डे, डोरप्रसाद उपाध्याय, हरिराज अधिकारी, कृष्णप्रसाद सापकोटा, गंगानारायण श्रेष्ठ, प्रभु साह, श्रवण यादव, टंक आङबुहाङ, सुरेशकुमार राई, कुमार पौडेल, भीमबहादुर कडायत, केशव नेपाल, सर्वोत्तम डंगोल, कृष्ण केसी, शशी श्रेष्ठ, धर्मचन्द्र लावती, प्रल्हाद बुढाथोकी, डीआर पौडेल, जीवन गौतम, रामकुमार यादव, रामरिझन यादव, हकिकुल्लाह खाँ, अञ्जना बिसंखे, ईश्वरीप्रसाद भट्टराई, घनश्याम शर्मा पौड्याल, प्रकाश पोखरेल, पेशल खतिवडा, धावा लामा, कर्णध्वज केसी, दीपबहादुर योञ्जन, किसन शर्मा, राजु खड्का, जगत पार्की, कृष्ण भुजेल, दीनेश पन्थी, रामकुमार शर्मा, धर्मदत्त देवकोटा, सविना अर्याल र कृष्णप्रसाद शर्मा छन् ।

केन्द्रीय समितिबाट कोको बाहिरिए ?

महाधिवेशन पछि ५२ सदस्यहरु थप गरी समितिलाई १ सय ५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । केन्द्रीय समितिसरहको २ सय ४० सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रहेर पनि नयाँ समितिमा नपरेका नेताहरुको विवरण यसप्रकार छ :

दिलिपकुमार साह, केशवराज नेपाल, कृष्णकुमार राई, रामलौट तिवारी, धनश्याम यादव, शिवचन्द्र कुशवाहा, भरतप्रसाद साह, रामचन्द्र मण्डल, असर्फी सदा, असर्फी सदा भिवार, शिवकुमार मण्डल, बोधमाया यादव, सरस्वती चौधरी, रामकुमारी चौधरी, अतहर हुसैन, सुरेन्द्रप्रसाद (अशोक) जैसवाल, दलजीत बिक, गोपी अछामी, धर्मराज बिक, रणेन्द्र बराली, सुशीला श्रीपाली, पदमलाल विश्वकर्मा, सीता नेपाली, गणेश भित्रीकोटी, धर्मशीला चापागाई, वलावती शर्मा, कल्पना धमला, सीता पोखरेल, नारायणी शर्मा, पूर्णकुमारी सुवेदी, जुनकुमारी रोका, सुष्मा शर्मा घिमिरे, उमाकुमारी देवकोटा, रेणु चन्द, गंगा बेलबासे, देवी खड्का, विमला सुवेदी, मीना तामाङ, समिता कार्की, सुशील सिंखडा, लक्ष्मी लामा, पूर्णसिंह राजवंशी, छिरिङ डुम्दुल लामा, पासाङ शेर्पा, अमर तमु, विष्णुप्रसाद चौधरी, सूर्यमान दोङ, सोनामसिंह स्याङतान, श्रीप्रसाद जबेगू, रामकुमार राई, राजेन्द्र किराती, बुद्धिमान माझी, सन्तकुमार चौधरी, महेन्द्र श्रेष्ठ, भाष्कर प्रधानाङ्ग, दिलिप महर्जन, श्रीकृष्ण श्रेष्ठ, मानबहादुर बूढा, कीर्तिबहादुर पुन, राजकाजी गुरुङ्ग, मुक्साहाङ मेयाङ्बो, क्षेत्रबहादुर श्रेष्ठ, शुकबहादुर रोकाया, महेन्द्रबहादुर शाही र राजबहादुर बूढा रहेका छन् ।

यसैगरी कलबहादुर नाथ, हरिबहादुर श्रेष्ठ, पदमबहादुर लामा, यमबहादुर अधिकारी, जीवन बूढा, दयाराम न्यौपाने, अच्युतम् काफ्ले, तारामान स्वाँर, रामबहादुर बोहोरा, तिलकराम शर्मा, देवेन्द्र पराजुली, कृष्ण धिताल, राजकुमार शर्मा, राजुप्रसाद पौडेल, शालिकराम जमरकट्टेल, झलकपाणि तिवारी, नेत्रनाथ अधिकारी, रामचन्द्र शर्मा, टेकबहादुर पाठक, मुक्ति खनाल, डिल्लीराज खनाल, हरि रोका, चित्रबहादुर श्रेष्ठ, खिमलाल देवकोटा, विष्णुप्रसाद शर्मा, देवराज रेग्मी, हिमाल शर्मा र गजेन्द्रबहादुर महत, बालकृष्ण ढुंगेल, चन्द्रबहादुर खड्का, बसन्तकुमार शर्मा, हेमराज भण्डारी, हरि दाहाल, बलराम तिम्सिना, ओम शर्मा, गोविन्द आचार्य, जयराम दाहाल, रमेश सिग्देल, श्रीकृष्ण अधिकारी, टेकेन्द्रप्रसाद भट्ट, ठाकुर ढकाल, घनश्याम दहाल, चूडामणि खड्का, निर्मल आचार्य, पारसमणि पौडेल, गोविन्द पौडेल, खड्गबहादुर बस्नेत, युवराज चौलागाई, गणेश बूढाथोकी, दीनानाथ गौतम, कमलप्रसाद खनाल, श्यामकुमार बोहोरा, थिरबहादुर कार्की, गणेशप्रसाद सिंह, कुबेरबहादुर ओली, भक्ति लामिछाने, रेशमप्रसाद चौलागाईँ, अजयशंकर लामा, विन्देश्वर राय यादव, उपेन्द्रप्रसाद साह, देवेन्द्र पटेल, चिनक कुर्मी र राजुप्रसाद चमार पनि केन्द्रीय समितिवाट बाहिरिएका छन् । cp. onlinekhabar.com

कमेन्टहरु
Loading...