राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएसँगै यती एअरलायन्सले उडान शुरु गर्ने तयारी गरेको छ । नागरिक उड्डयन प्राधिकरणले पर्यटकीय नगरीमा जनवरी १ तारिकबाट अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने तयारी गरेसँगै यती एअरलायन्सले उडान भर्ने तयारी गरेको हो । उडान भर्ने तयारी स्वरुप एअरलाइन्सले नयाँ विमानस्थलबाट उडान गर्न आवश्यक जनशक्ति तयारी गर्ने, आवश्यक तालिमहरु दिने, भुमिस्थ उपकरण ब्यवस्थापन गर्ने, विमानस्थलको स्थित अफिस तयारी गर्ने आन्तरिक कामलाई तीब्र बनाएको छ । सोही तयारी अनुसार बिहीबार डिसेम्बर २२ का दिन दिउसो १ बजे नयाँ एअरपोर्टमा प्रशिक्षक चालकदलले एटिआर९७२ बिमान मार्फत पहिलो प्रदर्शन उडान गर्न लागेको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
यती एअरलाइन्सले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलमा अभ्यस्त गर्न र एअरलाइन्सको आन्तरिक तयारीका लागि उडान भर्न लागेको हो । यसरी हुने उडानले चालक दलका सदस्यहरुलाई नयाँ विमानस्थलको बस्तु स्थिती जानकारी हासिल गर्न सहज हुने छ ।
काठमाडौ बाट पोखराका लागि यतीले दैनिक ७ वटा उडानहरु गर्दै आएको छ भने अन्तर्राष्ट्रिय बिमानस्थल संचालनमा आए संगै नियमित उडानहरुको संख्या थप गर्ने र पोखरा बाट अन्य बिमानस्थलहरुमा क्षेत्रीय उडान गर्ने तयारी गरेको छ ।