आत्महत्या रोकथामका लागि सम्वेदनशील मिडिया निर्देशिका तयार

पोखरा । राष्ट्रिय मानसिक स्वास्थ्य स्वालम्बन संगठनले नेपाल पत्रकार महासंघ कास्कीको सहकार्य र समन्वयमा आत्महत्या रोकथामका लागि सम्वेदनशील मिडिया निर्देशिका, २०७९ सम्बन्धी एक कार्याशाला गोष्ठी बुधवार पोखरामा सम्पन्न गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा सम्पन्न भएको उक्त छलफलमा कानुन विद्ध, पत्रकार र मानसिक स्वास्थ्यमा कार्यरत टिमले तयार पारेको आत्महत्या रोकथामका लागि सम्वेदनशील मिडिया निर्देशिका प्रस्तुत गरिएको थियो । बरिष्ठ अधिबक्त एवं पत्रकार सुरेन्द्र थापाले उक्त मस्यौदालाई सहभागीहरु वीच प्रस्तुत गरेका थिए ।

देशै भरी हरेक दिनै जसो अत्महत्याका घटनाहरु घटिरहेको, उक्त घटनाहरुको सुचनाहरु प्रवाह गर्दा सम्बेदनशिलता अनाउन नसकेको साथै पत्रकारले आत्महत्या रोकथाम गर्न महत्वपुर्ण भुमिका खेल्ने भएकाले निर्देशका तयार पारेको कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले बताए ।

यो कानुनी निर्देशिका होइन यसले पत्रकारलाई आफुले तयार पारेको सुचनाले कतै थप जोखिम पो बढाएको छ की भन्ने खाल गर्न सहयोग गर्ने र जोखिमको पहिचान भए सहयोगको लागि कहाँ र कसरी सहयोग लिन सकिन्छ भन्ने उल्लेख गरेको खण्ड्मा आत्महत्याको दर घटाउन पत्रकारको अमुल्य योगदान रहने घिमिरेले वताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विमला भण्डारीले पोखरा सुन्दर हुदा हुदै पनि आत्महत्याको जोखिम बढीरहेको सन्दर्भमा पत्रकारहरुले सुचनाहरु प्रसारण र प्रकासन गर्दा सम्बेदशिलता अपनाएको खण्डमा आत्महत्याको दर घटाउन महत्वपुर्ण खेल्ने वताइन्।

निर्देशिकालाई स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत प्रवन शर्मा, विश्व स्वास्थ्य संगठनका पोखरा प्रतिनिधि अनिल भटराई, राष्ट्रिय मानव अधिकार आयोग पोखराका अधिकृत खिम लाल सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्षहरु, राष्ट्रिय र अन्तराष्ट्रिय संचारकर्मीहरु, मानसिक स्वास्थ्यमा कार्यरत टिपिओ नेपाल, कोपिला नेपाल लगायतका संघ संस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुले निर्देशिकालाई पृष्ठपोषण दिएका थिए ।

अधिकाशं वक्ताहरुले निर्देशिका वनाउदा विध्यमान तथ्य र निर्देशिकाको ढाचालाई अनुसरण गर्नु पर्ने बताएका थिए । उक्त निर्देशिका नेपाल पत्रकार महासंघको आचार संहिता र विश्व स्वास्थ्य संगठनले तयार पारेको आत्महत्या रोकथाममा संचारकर्मीहरुको भुमिका सम्बन्धी निदेशिकालाई आधारमानी तयार पारिएको थियो । निर्देशिकाले आत्महत्या रोकथाम सम्बन्धी सुचनाहरु दिदा कसरी दिने, समाचारका शिर्षकहरु कसरी राख्ने, सेलिवेटिको सुचनाहरु कसरी दिने, श्रोतहरु कसरी खुलाउने, पत्रकारले गर्न हुने र नहुने कुराहरु समावेश गरिएको छ ।

 

 

कमेन्टहरु
Loading...