वडा सरसफाईलाई पनि निरन्तरता दिँदै पोखरा वडा ५ कार्यालय

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ ले वडा सरसफाई कार्यलाई निरन्तरता दिइरहेको छ । वडामा रहेका टोल विकास, आमा समूह, युवा क्लबलगाएतसंघ संस्थासँगको सहकार्यमा वडाले सरसफाई तथा सचेतना कार्यलाई निरन्तरता दिइरहेको हो ।

आज (बुधबार) पनि वडाले जिरो किमीदेखि बृहत सरसफाई कार्यक्रम गरेको छ । सरसफाई सँगै घर अगाडी, सडक छेउमा फोहोर गर्ने पसल, रेष्टुरेण्ट, घरबेटीलगाएतका व्यक्ति तथा व्यापारिक सटरहरुलाई आफ्नो अगाडी सधै सफा राख्न आग्रह गरिएको वडा नं. ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले बताए । स्वास्थ्यसँग प्रत्यक्ष असर रहनेहुँदा सरसफाई जस्ता कार्यलाई वडाले निरन्तरता दिने वडाध्यक्ष बरालको भनाई थियो ।

आज भएको सरसफाईमा वडाका जनप्रतिनिधि, टोल विकास, आमा समूह, युवा क्लब तथा स्थानीयको सहभागिता रहेको थियो । आजै वडाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै छ ।

 

कमेन्टहरु
Loading...