पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा भइरहेको १३ औं नेसनल प्याब्सन खेलकुद महोत्सव अत्तरगत एथ्लेटिक्सका केही खेलहरु बुधबार सम्पन्न भएको छ ।
बुधबार भएको लङजम्प पुरुष सिनियर तर्फको फाइनल खेलमा कास्की मोडनाइजका प्रमोद थापा प्रथम भएभने त्रिबेनि पब्लिककका शिशिर कुमाल दोश्रो र अक्सफोर्डका भरत सुनार तेश्रो भए । त्यस्तै लङजम्प महिला सिनियर तर्फ लिटल बेल्सकी पुर्णीमा भण्डारी प्रथम, हेम्जा बोर्डीङकी एन्जीला बुडाथोकी दोश्रो र चिल्ड्रेन एकेडेमीकी कृष्नी क्षेत्री तेश्रो भइन् ।
लङजम्पकै पुरुष जुनियरतर्फ लिटल बेल्सका सुबास क्षेत्री, पुष्प सदनका दिपेश थापा र नेशनल क्रियशनका रितेश आले मगर क्रमशः प्रथम, दोश्रो र तेश्रो भए । त्यस्तै महिला जुनियर तर्फ त्रिबेनि पब्लिककी एन्जल अधिकारी प्रथम, हेम्जा बोर्डिङकी अनुपा बानियाँ दोश्रो र युनिभर्स बोर्डिङकी त्रिसना गुरुङ तेश्रो भइन् ।
त्यस्तै बुधबारनै भएको ८०० मिटर पुरुष सिनियरतर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीका अस्मित सिर्पाली प्रथम, कास्की मोडनाइजका कुशल गिरी दोश्रो र हेम्जा बोर्डिङका आयुष बिक तेश्रो भए । ४०० मिटर पुरुष जुनियरतर्फको फाइनलमा त्रिबेनि पब्लिकका आभाष पुन, सिद्धार्थ लभडेलका अमित खड्का र अल्फा बोर्डिङका मनिष नेपाली क्रमशः प्रथम, दोश्रो र तेश्रो भए ।
एथ्लेटिक्सकै मंगलबार भएको १५०० मिटर पुरुष सिनियर तर्फको फाइनल खेलमा चिल्ड्रेन एकेडेमीका अस्मित सिर्पाली प्रथम, कास्की मोडनाइजका प्रमोद थापा दोश्रो र अक्सफोर्ड स्कुलका सफल गुरुङ तेश्रो भए । त्यस्तै मंगलबारनै भएको ८०० मिटर महिला सिनियरतर्फको फाइनल खेलमा एलपि देभकोटाकी मेनुका अधिकारी प्रथम, ज्ञानज्योती विद्याकुञ्जकी पल्लबी नेपाली दोश्रो र चिल्ड्रेन एकेडेमीकी रिति बसेल तेश्रो भइन् ।
एनप्याब्सनको खेल महोत्सव मंसिर २३ गतेसम्म सञ्चालन हुनेछ । एथ्लेटिक्सका बाँकी रहेका फाइनल खेलहरु बिहीबार र शुक्रबार सम्पन्न हुनेछ ।