रोट्याक्ट क्लब अफ न्यूरोड पोखरा, रोट्याक्ट क्लब अफ मणिपाल मेडिकल साइन्स र रोटरी क्लब अफ न्यूरोड पोखराको संयुक्त आयोजनामा पोखरा–१९ पुरनचौर स्थित तल्लाकोट स्वास्थ्य चौकीको प्राङ्गणमा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न भएको छ।
उक्त शिविरमा ४०० जना जेष्ठ नागरिक र स्थानिय बासिन्दाहरु स्वास्थ्यपरिक्षणबाट लाभान्वित भएका थिए । स्थानियहरु रक्तचाप, सामान्य स्वास्थ्य परिक्षण, आँखा परिक्षण लगायत अन्य परिक्षणबाट लाभान्वित भएको जानकारी कार्यक्रम संयोजक रोट्याक्ट क्लब अफ न्यूरोड पोखराका सदस्य कमल रानाभाटले जानकारी दिएका थिए ।
एक दिने उक्त कार्यक्रमको अध्यक्षता तिन वटा क्लबका अध्यक्षद्वारा भएको थियो ।