बाजुरामा कांग्रेसका बद्री पाण्डे विजयी

बाजुरा / बाजुराबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी भएका छन् ।

एमालेका कर्णबहादुर थापालाई पराजित गरेका पाण्डे ३१ हजार ७८६ मतसहित निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिस्पर्धी थापाले २६ हजार ३४९ मत पाएका छन् ।

कमेन्टहरु
Loading...