चेतन एडिको हत्याआरोपितलाई कारबाहीको माग गर्दै अनेरास्ववियु कास्कीले बुझायो ध्यानाकर्षण पत्र

पोखरा । अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन एडिलाई निर्वाचनका दिन हत्या गरिएको र त्यस्मा संलग्न आरोपितलाई कारवाहीको माग गर्दै दबाब स्वरुप अनेरास्ववियु कास्कीले सहायक प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अनेरास्ववियु जिल्ला कमिटी कास्कीका अध्यक्ष बिजय पौडेल, अनेरास्ववियु केन्द्रिय सदस्य महेन्द्र पौडेल, अनेरास्ववियु कास्कीका सह–संयोजक सन्तोष पोखरेल,
सचिव बिनय पराजुली, अनेरास्ववियु महानगर कमिटी सबनम सुवेदि, जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला सदस्यहरुको टोलीले जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाललाई उक्त ध्यानाकर्षण पत्र बुझाएको हुन् ।

अनेरास्ववियु कास्कीले बुझाएको ध्यानाकर्षण पत्र यस्तो छ:

सम्माननिय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
सिंहदरबार, काठमान्डौं

मार्फत

प्रमुख जिल्ला अघिकारी

जिल्ला प्रशासन कार्यालय, कास्की

विषयः ध्यानाकर्षण सम्बन्धमा

नेपाली विद्यार्थी आन्दोलनको मुलप्रवाह, शैक्षिक परिर्वतनको संवाहक, लाखौलाख विद्यार्थीहरूको आस्था र धरोहरको केन्द्र अनेरास्ववियु स्थापनाकाल देखी नै विद्यार्थीहरूको अधिकार, सामाजिक न्याय, शैक्षिक विकृति, विसँगती र शैक्षिक व्यापारीकरणका विरूद्ध आवाज बुलन्द गर्दै आईरहेको सर्वविदितै छ।

यही मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं. ७ स्थित मतदान स्थलमा भएको विवादलाई विषयान्तर गरि सत्ता गठवन्धनका अराजक गुण्डाहरूले सोही दिन राती आफूनै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य एवं अनेरास्ववियु सुदुरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटी अध्यक्ष कमरेड चेतन एडीको विभत्स हत्या गरिएको घटना प्रति अनेरास्ववियु जिल्ला कमिटी कास्की घोर भत्सर्ना गर्दछ । यसरी असक्षम सत्ता गठवन्धन सरकारले यो निर्वाचनलाई शान्तिपूर्ण ढंगवाट सम्पन्न गर्न नचाहनु र आफूनै सत्ताको आडमा जनताको हत्या हुढाँसम्म टुलुटुलु हेरीरहनुले यो सत्ता गठवन्धन अपराधिक क्रियाकलापको संरक्षणमा लागेको कुरा स्पष्ट देखिन्छ । सत्ता गठवन्धनको आडमा भएको यस्तो विभत्स हत्याको तत्काल निष्पक्ष छानविन गरि अपराधिक कार्यमा संलग्नलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन अनेरास्ववियु जिल्ला कमिटी कास्की जोडदार माग गर्दछ ।

अतः हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कानुनी दायरामा नल्याए अनेरास्ववियुले जस्तो सुकै मुल्य चुकाउन तयार रहेको पनि यसै ध्यानाकर्षण पत्र मार्फत चेतावनी दिन चाहन्छौं ।

बिजय पौडेल
अध्यक्ष
अनेरास्ववियु जिल्ला कमिटी, कास्की

कमेन्टहरु
Loading...