पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित एमाले नेत्री विद्या भट्टराई अधिकारी आज पोखरा १८ जामुनाबोटमा पुगेर स्व।रविन्द्र अधिकारीको शालिकमा माल्यार्पण गरिन् ।
मंसीर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएसँगै उनी जामुनाबोटस्थित राष्ट्रिय विभूति तथा सहिद पार्कमा पुगेर पति रविन्द्रको पूर्णकदको शालिकमा माल्यार्पण गरेकी हुन् ।
२०७६ साल फागुनमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उपनिर्वाचनमा विजयी भट्टराई दोश्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।
सो अवसरमा निर्वाचन क्षेत्र २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य भिमबहादुर कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताले विकास प्रेमी नेता स्व. रविन्द्रको शालिकमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धासुमन अर्पण गरेका थिए ।