गन्थन संवाददाता, पोखरा । कास्की क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यमा माओवादीका रामजी बराललाई हराउँदै नेकपा (एमाले)का दामोदर पौडेल बैरागी निर्वाचित भएका छन् । बराललाई ५४४५ मतान्तरका साथ बैरागी निर्वाचित बनेका हुन् ।
एमालेका बैरागीले २२९८० मत प्रप्त गर्दा माओवादीका बरालले १७५३५ मत प्राप्त गरे । त्यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२१८० मत प्राप्त गरेका थिए ।