कडा प्रतिस्पर्धाबीच कास्की ३ (२) मा काँग्रेसका प्रकाश बराल बिजयी

गन्थन संवाददाता, पोखरा । कास्की ३ (२) प्रदेश सभा सदस्यमा कडा प्रतिस्पर्धाबीच गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका प्रकाश बराल निर्वाचित बनेका छन् । नेकपा एमालेका उम्मेदवार राजिब पहारीलाई ४६५ मतान्तरले पछि पार्दै बराल निर्वाचित बनेका हुन् ।

प्रकाश बरालले १२३६७ मत ल्याए भने राजिब पहारीले ११९०२ मत ल्याएका थिए । त्यस्तै सोही क्षेत्रमा राप्रपाका हरिराम भण्डारीले २५६० मत ल्याएका थिए ।

कमेन्टहरु
Loading...