शिक्षा पन्त, लमजुङ । लमजुङको प्रदेश सभा (क) बाट नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले १८ हजार ५५४ मत ल्याएर १ हजार १६१ मतको अन्तर पार्दै नेकपा एमालेका केन्द्रिय सदस्य रहेका जमिन्द्रमान घलेलाई हराइ विजयी भएका हुन् । एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा साहले १ हजार १८, मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङले ४५६ मत र जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङले ११५ मत प्राप्त गरेका छन् ।