कास्कीमा गणक बनेर मतगणना स्थल छिरेका कांग्रेस नेता प्रहरीको नियन्त्रणमा

पोखरा । मतगणना स्थलमा छिरेका नेपाली कांग्रेसका एक जना नेतालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तथा प्रदेश सभाको मत गणना गर्ने घेराभित्र पुगेका कांग्रेसका मोहन बास्तोलालाई प्रहरीले नियन्त्रणमा लिएको हो । बास्तोला पोखरा-११ को निवर्तमान वडाध्यक्ष हुन् ।

सुरक्षाकर्मीको नियन्त्रणमा रहेका बास्तोलाले कांग्रेसका जिल्ला नेताले दिएको पास लगाएको बताए । `गेट बाहिर साथीले दिए । यो कार्ड लगाएर आउँदा मतगणनातिर पठाइदिए,´ उनले भने । बास्तोला मतगणना भइरहेको ठाउँमा बसेको देखेपछि एमालेका प्रतिनिधिले विरोध गरेका थिए । उनले लगाएको गणकको कार्ड जिल्ला प्रशासन कार्यालय कास्कीमा कार्यरत कर्मचारीको रहेको पाइएको छ ।

कमेन्टहरु
Loading...