पोखरा । प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले अग्रता लिएको छिन् । उनको निकटतम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कडेल भन्दा ३९६ मतले अग्रता लिएकी हुन् । विद्या भट्टराईले ५५८९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कडेलले ५१९३ मत प्राप्त गरे । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले ३३६७ मत प्राप्त गरेका छन् ।
