मत बढी देखिएपछि कास्की १ को मतगणना स्थगित

पोखरा । प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा मतगणनाका क्रममा १ मत बढी देखिएपछि मतगणना स्थगित भएको छ ।

मादी गाउँपालिकामा ५ अन्तर्गतको मतगणनाका क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित भएको हो । उक्त क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बरालले उम्मेदवारी दिएका थिए । स्थगित अघिसम्म एमालेका गुरुङको अग्रता थियो ।

कमेन्टहरु
Loading...