पोखरा । कास्की निर्बाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभा तर्फको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीलाई एमाले र माओवादीले पछ्याइरहेको छ ।
रास्वपाका उम्मेदवार योगराज पौडेलले ९२७ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उमेद्वार दामोदर पौडेल बैरागीले ८३८ पाएका छन् भने सत्ता गठबन्धनका तर्फबाट उमेद्वार बनेका नेकपा माओवादी केन्द्रका रामजी बरालले ४३८ मत मात्र पाएका छन् ।