नक्कली सुन धितोमा राखी २४ लाख कर्जा लिई ठगी गर्ने सराङकोट बस्ने एकजना पक्राउ

गन्थन संवाददाता, पोखरा । नक्कली सुनका गहनाहरु धितोमा राखी २४ लाख ५ हजार रुपैया कर्जा लिई ठगी गरेको आरोपमा पोखरा १८ सराङकोट बस्ने एक युवालाई कास्की प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय वाणिज्य बैक बिरौटा शाखाबाट १६ लाख ६० हजार रुपैया र सोही बैंकको पृथ्वीचोक शाखाबाट ७ लाख ४५ हजार रुपैया गरि २४ लाख ५ हजार रुपैया नक्कली सुन धितो राखी पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ३ स्थायी घरभई हाल सराङकोट बस्ने २५ वर्षीय अभिसेक सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

नारलाई कास्की अदालतबाट ठगी, अपराधिक विश्वास घात तथा अपराधिक लाभ सम्वन्धी कसुरमा पाँच दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले जानकारी दिए ।

निज सुनार लामो समय बैंकमा कर्जाको ब्याज तथा साँवा बुझाउन नआएपछि गरगहना चेक गर्दा कमसल सुन प्रयोग गरी तयार गरिएको गरगहना रहेको खुल्न आएको थियो ।

कमेन्टहरु
Loading...