पोखरा । देश चुनाव तिर धकेलिएको छ । प्रचारको अवधि एकदमै कम छ । राप्रपाका उम्मेदवार घरदैलोमा व्यस्त छन् । प्रदेश सरकारको खारेजीको मुद्धा उठाएर हिँडेको राप्रपाले प्रदेशमै उम्मेदवारहरु उठायो । धेरैको एक प्रश्न छ आखिर राप्रपाले प्रदेश खारेजीको मुद्धा उठाएर प्रदेशबाट उम्मेदवार किन उठायो ?
कास्कीको कुरा गर्ने हो भने राप्रपाको हलो चिन्ह लिएर कास्की क्षेत्र नं १ को क बाट प्रदेश तर्फका बाबुराम थापा, कास्की क्षेत्र नं १ कै ख उम्मेदवार डा. महेन्द्र बहादुर कार्की, कास्की क्षेत्र नं २ क तर्फका प्रदेश सभा सदस्यका उम्मेदवार विजय बहादुर भण्डारी, कास्की क्षेत्र नं २ ख बाट प्रदेशसभा सदस्यका उम्मेदवार अरुण गिरी, कास्की क्षेत्र नं ३ क तर्फ केदारनाथ पौडेल र कास्की क्षेत्र नं ३ ख तर्फका प्रदेश सभा सदस्यका उम्मेदवार हरिबहादुर भण्डारी चुनावी मैदानमा छन् ।
उनीहरु सबैले प्रदेशमा भएको विकृती विसङ्तीको भण्डाफोर गर्न आफुहरुको उम्मेदवारी रहेको बताएका छन् । कास्की क्षेत्र नं २ क तर्फका उम्मेदवार विजय बहादुर भण्डारीले प्रदेश भित्र जान पाए अझ राम्रोसँग बुझ्न पाईने बताए । त्यस्तै २ ख का उम्मेदवार अरुण गिरीले ठाँउमै गएर आवाज उठाउन बढी सान्दर्भिक हुने बताउदै कुनै घर भत्काउछु भनेर लाग्दा पहिला त्यो घर भित्रको अवस्था जान्नुपर्ने बताए ।
कास्की क्षेत्र नं ३ ख तर्फका उम्मेदवार हरिराम भण्डारीलाई प्रदेश फाल्छु भनी प्रदेशकै लागी मत माग्न अफ्ठेरो लाग्दैन भनी सोध्दा उनले आफुले मतदातालाई बुझाउन सक्षम भएको बताए ।