राप्रपाका उम्मेदवारहरु मतदाताका घरदैलोमा कस्सीदै

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरु यतिबेला मतदाताका घरदैलोमा भोटको अपिल गर्न दौडिरहेका छन् । आज राप्रपा कास्की क्षेत्र नं १ क बाट प्रदेश तर्फ उठेका बाबुराम थापाले पोखरा महानगरपालिका वडा नं २६ र ३० मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । यसैगरी कास्की क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.सुर्यबहादुर गुरुङ र प्रदेश तर्फ ख का उम्मेदवार डा. महेन्द्र बहादुर गुरुङ ले पोखरा २८ मा घरदैलो कार्यक्रम सम्पन्न गरे ।

यता कास्की क्षेत्र नं २ तर्फ राप्रपा कास्की क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुवर्णराज पन्त र प्रदेश तर्फ ख का उम्मेदवार अरुण गिरीले वडा नं ४ को घरदैलो सम्पन्न गरे । त्यस्तै २ कै क तर्फका उम्मेदवार विजय बहादुर भण्डारीले वडा नं १७ को घरदैलो कार्यक्रम सम्पन्न गरे । यता कास्की क्षेत्र नं ३ मा प्रतिनिधि तर्फका उम्मेदवार जगत सुवेदी र प्रदेश तर्फ क का उम्मेदवार केदारनाथ पौडेलले पोखरा हेम्जा र नदिपुर यसगरी हलो चिन्ह लिएर उठेका कास्की क्षेत्र नं ३ के प्रदेश ख तर्फका उम्मेदवार हरिराम भण्डारीले पोखरा महानगरपालिका अन्र्तगतका वडा नं ५ र ६ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

कमेन्टहरु
Loading...