जनताले दिएको समर्थनले उत्साहित छु :नेता अधिकारी

पाेखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ (१) का उम्मेद्बार खगराज अधिकारीले जनताबाट पाएको माया र सद्भावले आफू उत्साहित भएको बताएका छन् । एमालेका संगठन बिभाग प्रमुख समेत रहेका नेता अधिकारीले यो देशको बिकासको लागि एमाले जनताको रोजाइ रहेको बताएका छन्।

पोखरा महानपालिका वडा न २७ र ३१ मा आज घरदैलो कार्यक्रम लाई सम्बोधन गर्दै नेता अधिकारीले उक्त कुरा बताएका हुन । घर दैलोका क्रममा स्थानीयले जनताको सुखदुःखमा सदैब साथ रहने नेताको रुपमा पाएको भन्दै आगामी निर्वाचनबाट निर्वाचित भएर बिकासका थप कामलाई अगाडी बढाउन आग्रह गरे ।

नेता अधिकारीले आफू सदैव आफू जनताको बिचमा रहेर काम गर्दै आएको बताउदै जनता कै सल्लाह र समन्वयमा बिकासका योजनाहरु अगाडी बढाईने भनाई राखे । वडा नम्बर २७ को घर दैलोको क्रममा स्थानीयले आफ्नो अभिभावकको रुपमा नेता अधिकारीले सहयोग गर्दै आएको उल्लेख गर्दै जितको शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...