नेकपा एस निकट अनेरास्वबियूका कास्की जिल्ला सचिब अधिकारी एमाले फर्किए

 

पोखरा । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्वबीयू कास्की सचिब जीवन अधिकारी नेकपा एमाले प्रवेश गरेका छन् ।

पोखरा(३२) मा आयोजित चुनाबी कार्यक्रममा एमाले प्रवेश गरेका सचिव अधिकारीलाई क्षेत्र नम्बर १(१) प्रदेश सभासदस्य उम्मेदवार खगराज अधिकारीले टीका र खादा लगाएर प्रवेश गराए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका उम्मेदवार अधिकारीले सवै कम्युनिस्टहरुको नेतृत्व गर्ने एकमात्र पार्टी एमाले भएको बताए ।

मङ्सिर ४ गतेको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार हरुलाई बिजयी गराउने गरि अभियान लाग्न उनले आग्रह गरे ।

पार्टी प्रवेशमा अधिकारीले बिचार र सिद्धान्तका आधारमा एमाले नै सहि पार्टी भएको भन्दै आफ्नै घर फर्किएको बताए ।

 

कमेन्टहरु
Loading...