पोखरा, २४ कात्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले विकास र समृद्वि देशको आवश्यकता भएको बताएका छन् ।
देशको अत्यावश्यक विषय विकास र समृद्वि जस्तो महत्वपूर्ण विषयलाई भोट र निर्वाचनसँग जोड्न नहुने उनको भनाइ छ ।
उनले समाजका लागि आफू सम्वेदनशील रहेको बताए । सबै विकास एकै पटक सम्भव नहुने भन्दै प्राथमिकताको आधारमा गर्नुपर्नेमा जोड दिए ।
बिहीबार पोखरा ३० मा मतदातासँग भेटघाट गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीलाई काँग्रेसले प्राथमिकता दिएको उल्लेख गरे ।
कास्की काँग्रेसका सभापति समेत रहेका उम्मेद्बार बरालले सांसद बनेपछि पाँच वर्ष कुनै गुनासो नआउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।
‘सांसदमा निर्वाचित गर्ने जिम्मा तपाईहरुको उनले भने – त्यसपछि गुनासो नआउने गरी काम गर्ने जिम्मा मेरो भयो ।’
उनले राजनीतिलाई समाज सेवाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । गठबन्धनको पक्षमा जनलहर देखिएको भन्दै उनले कुनै शक्तिले गठबन्धनलाई हल्लाउन नसक्ने जिकिर गरे ।
एजेन्सी