प्रदेश खारेजीको मुद्धा उठाउदै राप्रपा कास्की घरदैलोमा

पोखरा । देश चुनावी सरगमीमा दौडिएको छ । मतदातालाई कुन पार्टी सही होला भनी चिन्ने सकस परिराखेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशको खारेजी उठाएर चुनावमा होमिएका छन् ।

कास्की क्षेत्र नं. १ को ख तर्फबाट रापपाले पोखरा १२ मा घरदैलो कार्य गरिएको छ । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा उम्मेदवार कास्की ख बाट उठेका महेन्द्र बहादुर कार्की, प्रतिनिधि सभा समानुपातिक उम्मेदवार गीता गुरुङ प्रदेश सभाका समानुपातिक उम्मेदवार नारायण गुरुङ र पञ्चराम गुरुङ बहुमतका साथ हलोले जित्ने स्थानीयले बताएका छन् । यता कास्की क्षेत्र नं १ क का उम्मेदवार बाबुराम थापा भण्डारढिक पट्नेरी सैनिक स्थानतिर घरदैलो गरेका छन्।

कास्की २ का प्रतिनिधि सभाका उम्मेदवार सुवर्ण राज पन्तले पोखरा वडा नं २० को घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । त्यस्तै राप्रपा कास्की क्षेत्र नंं २ को क तर्फका उम्मेदवार बिजय बहादुर भण्डारीले निर्मलपोखरी लगायमा घरदैलो कार्यक्रम सम्पन्न गरे । त्यस्तै कास्की क्षेत्र नं २ ख का उम्मेदवार अरुण गिरीले पोखरा महानगरपालिका वडा नं १६ मा घरदैलो कार्यक्रम गरेका छन् ।

कमेन्टहरु
Loading...