पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आज (बिहीबार) पोखरा आउने भएका छन् । पोखराको अमरसिंहचोकस्थित चौरमा हुने आमसभालाई सम्वोधन गर्न लामिछाने आज पोखरा आउने भएका हुन् ।
पोखरा एयरपोर्टमा १२ बजे आएर नगर परिकर्मा गरि दिनको २ बजे पोखरा अमरसिंहचौरमा सम्वोधन गर्ने उनको तालिका रहेको राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेश समिति सदस्य तथा संगठन विभाग प्रमुख असोक खड्काले जानकारी दिए ।