जसपाका धनबहादुर परियारले आफ्नो उम्मेदवार निश्कृय बनाई एमालेलाई समर्थन

पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपाल कास्की जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष कास्की क्षेत्र नं. २ (२) का प्रदेश सभाका उम्मेदवार धनबहादुर परियारले आसन्न मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो उम्मेदवार निश्कृय बनाई नेकपा (एमाले)लाई सहयोग गर्ने बाचा गर्दै विज्ञप्ती जारी गरेका छन् ।

नेकपा (एमाले) र जसपा बीच चुनावी तालमेल भइसकेको र गण्डकी प्रदेश सभा सदस्य पदको निर्वाचन क्षेत्र नं. २ (२)मा छाता चुनाव चिह्न मार्फत प्रत्यक्ष तर्फको मेरो उम्मेदवारी आजकै मितिबाट निश्कृय बनाई म र मेरा शुभेक्छुक शुभचिन्तकको समर्थन सिंगो नेकपा एमालललाई रहेको उद्घोष गर्दै र नेकपा एमालेका कास्की २ (२)का प्रत्यक्ष तर्फका उम्मेदवार मिना गुरुङसहित सुर्य ध्वजाबाहक सबै उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह परियारले विज्ञप्ती मार्फत गरेका हुन् ।

परियार नेकपा (एमाले) पार्टी प्रवेश समेत गरेका छन् ।

कमेन्टहरु
Loading...