सुदृढ र समुन्नत समाज निर्माणका लागि उम्मेदवारी :एमाले नेत्री भट्टराई

पोखरा । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले समाजका हरेक असमानताको अन्त्य गरि सुदृढ र समुन्नत समाज निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन् ।

सञ्चारिका समुह गण्डकी प्रदेशको आयोजनामा मंगलवार पोखरामा आयोजित कास्की जिल्लाका महिला उम्मेदवारसँग मंसीर ४ निर्वाचन विशेष अन्तर्गत भोट पहिला,नेतृत्व महिला विषयक अन्तरक्रिया कार्यक्रममा उनले सुदृढ समाज निर्माणमा आवश्यक नीति निर्माण र कार्यान्वयनमा जुट्ने प्रतिवद्धता व्यक्त गरिन् ।

भोट पहिला नेतृत्वमा महिला भन्ने एक प्रश्नको जवाफमा उनले मुलुकमा सिपमूलक शिक्षाका लागि आवश्यक ऐन निर्माण गर्दै कृषिको आधुनिकीकरणमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
समृद्धिको अभियानमा महिला सशक्तिकरण र युवालाई स्वदेशमै रोजगारीको लागि उत्पादनमा जोड्नु पर्नेमा जोड दिंदउनले त्यसका लागि तीनै तहका सरकारको समन्वय र सहकार्यको खाँचो औल्याईन् ।

नेकपा एमालेतर्फबाट क्षेत्र नं. २ (ख) का प्रत्येक्षतर्पmका उम्मेदवार मिना गुरुङले समानता, सुशासन र सशक्तिकरणका लागि उम्मेदवार भएको बताईन् । राजनैतिक दलले महिला ३३ प्रतिशत महिलालाई प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएर संविधानको कार्यान्वयन गर्न महिलाहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिईन् ।
नेपाली कांग्रेसको तर्फबाट समानुपातिकाका उम्मेदवार सरस्वती गुरुङले महिलाको हक अधिकार स्थापित गर्न संगठित भएर लाग्नुको विकल्प नभएको उल्लेख गर्दै गठवन्धनको कारण प्रत्येक्षतर्पm महिला उम्मेदवारको संख्यामा कमि भएको विचार व्यक्त गरिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्पmबाट प्रतिनिधि सभामा समानुपाति उम्मेदवार श्रीस गुरुङले पोखराको पर्यटन विकासमा आवश्यक निती निर्माणसंगै पर्यटन र कृषिमा जोड् दिंदंै राजगारी सिर्जना गर्नेका लागि आप्mनो उम्मेदवारी भएको धारणा राखिन् ।

नेकपा एमालेको तर्पmवाट प्रदेश सभा सदस्यका समानुपातिक उम्मेदवार तथा बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. छममाया पुनले स्वास्थ्य क्षेत्रको सुधारका साथै महिला स्वास्थ्यमा ध्यानमा बिशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरिन् ।

समुहकी प्रदेश अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस प्रदेशका समानुपातिक उम्मेदवार लक्ष्मी पाण्डे, समानुपातिक उम्मेदवार जैनुम खातुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण गुरुङ, राममाया बस्ताकोटि लगायतका महिला उम्मेदवारहरुले महिला नेतृत्व निर्माणसंगै पार्टीमा हस्तक्षपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।
प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले अवधारणा पत्र प्रस्तुत गरेको कार्यक्रममा कोपिला नेपालीकी विना सिलवाल, सञ्चारिका समुहकी पूर्व अध्यक्ष निर्मला शर्मा लगायतले महिला केन्द्रीत निर्वाचन क्षेत्रको व्यवस्था हुनुपर्नेमा जोड दिएका थिए ।

 

कमेन्टहरु
Loading...