क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापा एमाले प्रवेश

पोखरा । क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख कृष्णबहादुर थापा नेकपा (एमाले) प्रवेश गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले सोमबार पोखरामा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा उनले पार्टी प्रवेश गरेका हुन् । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ का क्षेत्रीय प्रतिनिधि समेत रहेका थापा स्वतन्त्र पत्रकार संघ नेपाल कास्कीका पूर्व अध्यक्ष हुन् । पोखरा ८ सिमलचौर निवासी उनी विभिन्न सामाजिक संघसंस्थामा समेत आबद्ध छन् ।

मुलुकलाई समृद्धि र स्थिरता दिने उद्देश्यले एमालेले हालै सार्वजनिक गरेको ट्वान्टी ग्यारेन्टीसहितको घोषणापत्रले आफूलाई प्रभावित पारेकोले निःशर्त पार्टी प्रवेश गरेको थापाले बताए । उनी भन्छन् , ‘वर्तमान परिस्थितिमा अस्थिर राजनीति भयो, एमाले नेतृत्वले अवश्य समृद्धि दिनेछ भन्दै एमाले प्रवेश गरेका हुन ।

कमेन्टहरु
Loading...