समाज र समृद्विको विषयमा सबैको साझा हुँ –बराल

पोखरा । कास्की क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेद्बार किशोरदत्त बरालले समाज र समृद्विको विषयमा आफू सबैको साझा भएको बताएका छन् ।

‘राजनीतिक रुपमा म काँग्रेस हुँ, कास्की काँग्रेसको सभापति हुँ, उनले भने – समृद्वि र समाजको विषयमा म सबैको साझा हुँ ।’

कस्कीको रुपा गाउँपालिकाको बराथोक, मियाँ गाउँ, भीरचोक, फालभज्याङ, मोहरिया, माझकोट, चिसापानी, देउराली लगायतका स्थानमा आयोजित घरदैलो तथा कोणसभामा बोल्दै उनले त्यस्तो बताए ।

अघिल्लो निर्वाचनमा बहुमत प्राप्त दल नेकपा एमालेले जनअधिकार र संविधानलाई कमजोर बनाएका कारण गठबन्धन गर्नु परेको बताए ।

जनताको आशा विकास र समृद्वि भएपनि बहुमत प्राप्त एमालले त्यसो गर्न नसकेको उनको भनाइ छ ।

उम्मेदबार बरालले विद्यालयल शिक्षालाई सुधार गर्दै कृषि र पर्यटनसँग जोड्नुपर्ने, युवालाई उद्यमशील बनाइ स्वदेश भित्र नै जोगाउनुपर्नेमा जोड दिए ।

विकासका रुपमा बाटो, विद्युत, पुल, खानेपानीलाई मात्रै हेर्न नहुने उनको भनाइ छ । ‘जनताका आवश्यकता पुरा गर्छौ नै उनले भने, अब विकासलाई नयाँ ढंगबाट सोच्नुपर्ने समय आएको छ ।’

आफूले जनताको मन र आवश्यकतालाई बुझेको भन्दै जनमतको अपमान नगर्ने बताए ।

उम्मेद्बार बराल सोमबार पोखरा १३ मा हुने घरदैलो र कोणसभामा सहभागि हुनुहुने छ ।

कमेन्टहरु
Loading...