माओवादी केन्द्र रुपागाउँपालिका अध्यक्ष नवराज बरालसहित १५२ जना एमालेमा प्रवेश

पोखरा । कास्कीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका १ सय ५२ जता नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शंकर गौतम र नेकपा माओवादी रूपागाउँपालिका अध्यक्ष नवराज बराललगाएत १ सय ५२ जना सोमबार पोखरा सभागृहमा पार्टी अध्यक्ष केपी ओली सम्मिलित निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको वृहत कार्यकर्ता भेलामा उनीहरु प्रवेश गरेका हुन् ।

भेलामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (जसपा) लगायतका विभिन्न राजनीतिक पार्टी परित्याग गर्दै १ सय ५२ जना एमाले प्रवेश गरेको एमाले कास्कीका सचिव बैनबहादर क्षेत्रीले बताए /

कमेन्टहरु
Loading...