नेपाली युवा उद्यमी मञ्चले पोखरादेखि उत्तरी हिमालयसम्म मोटर र्‍याली गर्ने

गन्थन संवाददाता, पोखरा । नेपाली युवा उद्यमी मञ्चले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरादेखि उत्तरी हिमालयसम्म मोटर र्‍याली गर्ने भएको छ । नोभेम्वर ३ देखि ६ तारिखसम्म हुने मोटर र्‍याली पोखराबाट शुरु भई हिमाली जिल्ला मुस्ताङको कोरला नाका, लोमान्थाङ, मार्फा, जोमसोमलगायतका ठाउँहरुमा पुग्नेछ ।

कोभिडपछि सुस्ताएको पर्यटन उकास्न, स्थानिय उत्पादनको प्रवद्र्धन, कोरला नाकाबाट गर्न सकिने व्यवसायको सम्भाव्यता अध्ययन तथा साहसिक खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्य र्‍यालीकाे रहेको आयोजक संस्था एनवाईईएफले जनाएको छ । संस्थाका अनुसार ¥यालीमा सातै प्रदेशका ६० भन्दा बढी युवा उद्यमीहरुको सहभागिता रहनेछ ।

सन २००३ सालमा स्थापना भएको एनवाईईएफ एक सामाजिक संस्था हो । यस संस्थामा हाल देशका ११ वटा शहरका ७ सय बढी युवा उद्यमीहरु आवद्ध छन् ।

 

कमेन्टहरु
Loading...