एमालेको चुनावी अभियान पकुवा र आर्थरमा : विकासका लागि एमालेलाई जिताउन उम्मेदवारको अपिल

 

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमाले पर्वतका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार अभियान मंगलवार कुश्मा नगरपालिका वडा नं. ११ पकुवा र वडा नं. १४ आर्थर डाँडाखर्कमा सम्पन्न भएको छ । पकुवाको छापा, ओढारे, फाँट लगायतका ठाउँमा र आर्थर डाडाखर्कको कारवारे, डाँडाखर्क, अधेरीनेटा र पोखरेचौरमा घरदैलो तथा ठुलीपोखरीको रोहोटेमा कोणसभा गरिएको छ । उम्मेदवारहरु टोल टोलम पुग्दा स्थानीयले भव्य स्वागत समेत गरेका थिए । स्थानीय मतदातालाई सम्वोधन गर्दै उम्मेदवारहरुले नेपाली जनताको समग्र व्यवस्था सुधार्ने काम नेकपा एमालेले मात्रै गर्न सक्ने बताउँदै असल नेतृत्व, असल निति र समृद्धि मुलक बनाउने योजना भएको एमालेलाई बिजयी गराउन आग्रह गरेका छन् । उनिहरुले विगत पाँच वर्षको कार्यकालमा थुप्रै विकास निर्माणका काम शुरुवात गरेको बताउँदै केहि थाति रहेका कामको पुर्णताका लागि फेरी एमालेले नै जित्नुपर्नेमा जोड दिए । स्थानीयवासीहरुले दोविल्ला–पकुवा–आर्थरडाँडाखर्क सडक कालोपत्रे गर्ने लगायत विभिन्न मागहरु एमाले उम्मेदवारसँग राखेका थिए । स्थानीय वासीका मागलाई सम्वोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले दोविल्लादेखि पकुवाहुँदै आर्थर डाँडाखर्क सडक कालोपत्रे गर्नका लागि आरसीआईपी मार्फत प्रकृया अघि बढेको भएपनि देउवा सरकारले बजेट कटौती गरिदिएका कारण केहि ढिलाई भएको बताए । उहाँले अबको दुई वर्ष भित्रमा उक्त सडक कालोपत्रे गर्नेगरी आफुले सक्रिय रुपमा पहल गर्ने समेत बताए । जरेखोलामा मोटरेवल पुल निर्माण भैसकेपछि बाहैमास सडक सुचारु गर्न सफल भएको बताउँदै अब कालोपत्रेको जिम्मा समेत आफुले लिने उनँले बताए । त्यस्तै स्थानीयले राखेका अन्य मागहरु समेत क्रमश पुरागर्दै जाने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य भक्त कुँवरले यो क्षेत्रको विकास र समृद्धिको मुख्य एजेण्डा लिएर आफु चुनावी मैदानमा आएको बताउँदै गर्न बाँकी कामहरु पाँच वर्ष भित्रमा पुरा गर्ने बताए । उनले सुर्य चिन्हमा मतदान गरी आफुहरुलाई नागरिकको सेवागर्ने अवसर प्रदान गर्न समेत कुँवरले अपिल गरेका छन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य कल्पना चापागाई, नेता गणेश शर्मा पौडेल, जिल्ला अध्यक्ष राजु पौडेल, प्रदेश कमिटि सचिबालय सदस्य मेघनाथ सुवेदी, मनोहर वि पौडेल, शान्त पौडेल, दुर्गाप्रसाद शर्मा, जिल्ला सचिब गोविन्द पहाडी, उपसचिब शिव पौडेल लगायतका नेताहरुको सहभागिता छ ।
यता प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी सभा फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीका विभिन्न बस्तीमा सम्पन्न भएको छ । शंकरपोखरी, पोखरेचौर, रुग्दी, नुवार, मैदान लगातका ठाउँमा घरदैलो र कोणसभा सम्पन्न भएको हो । सो अवसरमा उम्मेदवार बस्यालले स्थानीय स्तरमा परेका समस्याहरुको समाधानका लागि आफुले बिजयी भएर गएपछि सक्रियतापुर्वक पहल गर्ने बताए । उनँले निर्वाचनपछि पुन मतदाताको घर घरमा आएर आवश्यकता र माग संकलन गरी प्रदेश र संघीय सरकारमार्फत पुरा गर्ने प्रतिवद्धता जननए । बस्यालको चुनावी अभियानमा पूर्व मन्त्री विकास लम्साल, प्रदेश कमिटि उपसचिब मन्जु अधिकारी, प्रदेश कमिटि सदस्य देवेन्द्रराज पाण्डे, जिल्ला उपाध्यक्ष पदमपाणी शर्मा, महेन्द्र श्रेष्ठ, कमल भुसाल लगायतका नेताहरु सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...