राजु गिरी, पोखरा । स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ पोखरा ५ मालेपाटनको खेल मैदानमा प्रथम ७–ए साइड अम्याच्योर फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु भएको छ । मालेपाटन टोल विकास संस्थाको आयोजनामा भएको प्रतियोगितामा ४० टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन रेफ्रीलाई बल हस्तान्तरण गरि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गरेका थिए ।
पोखरालाई खेलकुद पर्यटनको हव बनाउने कुरा महानगरले अगाडी सारिसहेको अवस्थामा यस्ता प्रतियोगिताले थप बल पुग्ने बताए । खेलकुदको विकासको लागि महानगर सधै अग्रसर रहेको मेयरको भनाई थियो ।
प्रतियोगिताको उद्घाटन सत्रमा पोखरा महानगरपालिका वडा नं. ५ का वडाध्यक्ष, समाजसेवी उज्वल खत्री, मालेपाटन टोल विकास संस्थाका अध्यक्ष निर्मल खत्रीले आफ्नो मन्तव्य राखेका थिए ।
कात्तिक २० गते सम्पन्न हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ७० हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद रु ३५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक हेमबहादुर गुरुङले जानकारी दिए ।