पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ मा निर्वाचन प्रचार प्रसारको कार्याक्रम सम्पन्न भएको छ ।
केही दिन अघि देखी तिव्र रुपमा रुपमा अघि बढाएको प्रचार प्रसार कार्याक्रम अन्तरगत माछापुच्छ्रे ३ र अन्य विभिन्न ठाउँमा प्रचार प्रसार गरिएको छ।
प्रचार प्रसारलाई तिव्रता दिदै ल्वाङ, घलेल र रिभानका विभिन्न ठाउँमा कार्याक्रम गरिएको छ । स्थानियको घर घरमा गएर राष्ट्रिय स्वतन्त्र पार्टीकोको सिद्धान्त र योजना र कास्की क्षेत्र न ३ का उम्मेदवार योगराज पौडेलको भिजन बारे जनतालाई बुझाईएको छ ।
उम्मेदवार योगराज पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना हुनुको कारण, लक्ष्य र सिद्धान्तको विषयमा जनतासंग छलफल गरेको बताएका छन् । उनले जनताको चाहाना र भावना अनुसार काम गर्ने भन्दै आफ्नो पक्षमा जनता रहेको धारणा राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले विकास पुर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग तथा रोजगार, खेलकुद लगायतको विषयमा काम गर्ने योजना रहेको छ ।