यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ६० जनालाई राहत वितरण

गन्थन संवाददाता, पोखरा । सेभ द चिल्ड्रेन ग्लोबल फण्डको सहयोग तथा निल हिरा समाजको साझेदरीमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ६० जनालाई राहत वितरण गरिएको छ ।

कास्की जिल्लामा रहेका बिपन्न र बेरोजगार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका ६० जनालाई चामल, दाल, तेल, अण्डा, नुन, मैदा, प्याजलगाएतका दैनिक उपभोगका सामाग्री वितरण गरिएको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् ।

कमेन्टहरु
Loading...