कास्कीमा देउसी भैलो राती ९ बजेपछि सञ्चालन गर्न नपाइने

गन्थन संवाददाता, पोखरा । तिहार नजिकिएसँगै शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै देउसी, भैलो, नाचगान जस्ता कार्यहरु राती ९ः०० बजेपछि सञ्चालन गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार सूचना जारी गरेको छ । यदि प्रशासनको नियमलाई अवज्ञा गरे कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

साथै प्रशासनले पटका, आतसवाजी, झिरझिरे, भुइचम्पा जस्ता विस्फोटकजन्य पदार्थ प्रयोग नगर्न आग्रह गरेको छ । देउसी भैलो सञ्चालनका क्रममा यातायातलाई असर नपर्ने गरि अनुशासित रुपमा सञ्चालन गर्न समते प्रशासनले सूचनामार्फत आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...