को- अपरेटिभ म्यानेजर क्लब कास्कीको अध्यक्षमा अपिल कोइराला

को अपरेटिभ म्यानेजर क्लब कास्कीको ५ औ साधारण सभाले पुन अपिल कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
कोइराला नबिन बचत तथा ऋण सहकारीका प्रबन्धक हुन् । त्यस्तै क्लबको उपाध्यक्षमा सरल नमुना साकोसका प्रबन्धक हरि पन्थी, सचिबमा पृथ्बी बहुउदेश्य सहकारीका प्रबन्धक मोहन प्रसाद अधिकारी ,कोषाध्यक्षमा सुरक्षा पालुवा सहकारीका ब्यबस्थापक बिष्णु प्रसाद अधिकारी,सह सचिवमा शुभ सौगात साकोसका ब्यबस्थापक सन्तोष रानाभाट चयन भएका छन् ।


त्यस्तै क्लबको सदस्यहरुमा प्राइम सहकारी संथाका प्रबन्धक निरु थापा, चन्डीकालीका महिला साकोसका ब्यबस्थापक नितास गुरुङ ,जनसेवा साकोसका प्रबन्धक प्रेम सागर अधिकारी,
लेखनाथ सामुदायिक साकोसका प्रबन्धक शंकर प्रसाद पौडेल , भावना कृषि सहकारीका ब्यबस्थापक दिपक थापा,र सार्दिखोला साकोका ब्यबस्थापक बेगनाथ पौडेल चयन भएको निर्वाचन समितीका संयोवजक कमल मोहन आचार्यले जानाकारी दिए ।

निर्बाचित पछि क्लबका अध्यक्ष अपिल कोइरालाले ब्यबस्थापकहरुको कार्यक्षमताको बिकास र तालिमलाइ जोड दिने बताए । कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष मिलन ढकाल, राष्टिय सहकारी बैक तालचोक शाखाका प्रमुख सन्तोष घिमिरे ,क्लबका निबर्तमान अध्यक्ष डम्मर बहादुर बस्तेत लायतलले शुभकामना ब्यक्त गरेका थिए । क्लबको कार्यक्रम सचिब मोहन प्रसाद अधिकारीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...