कास्कीसँगै गण्डकीको समृद्धिका लागि सदैव लागिरहन्छु : खगराज अधिकारी

पोखरा । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ ‘क’ उम्मेदवार खगराज अधिकारीले कास्की सहित गण्डकी प्रदेशको समृद्धिका लागि आफू सदैव लागिरहने बताएका छन् । ‘पोखरा विश्वविद्यालय,स्वास्थ्य बिज्ञान प्रतिष्ठान,रुपा परियोजना कसले बनायो’ उनले भने, ‘म काममा बिश्वास गर्छु ५१ देखि आजसम्म बिकासका कार्यक्रम अध्ययन आवश्यक छ’ ।

एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत रहेका अधिकारीले जनताको सेवा गर्ने उद्वेश्य सहित प्रदेश उम्मेदवार बनेको बताए । केन्द्रिय योजनाहरुको फेहेरिस्त सुनाउदै उनले आफ्नो क्षेत्रमा सम्पन्न भएका विद्यालय पुर्न निर्माण, सडक, खानेपानी र पुर्वाधारका योजनाहरुको कार्यकर्ता तहबाट प्रचार प्रसार हुन नसकेको बताए । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मन बहादुर गुरुङले बिकास र समृद्धिको पक्षमा रहने आम जनताले एमालेको सुर्य चिन्हमा मतदान गर्न आव्हान गरे ।

एमाले कास्की इन्चार्ज कृष्ण थापाले कास्की ९ बटै सिट एमालेका उम्मेदवार बिजयी हुने दाबी गरे । उनले अब एक महिना सबै कार्यकर्ताले सुर्य ध्वजाबाहक उम्मेदवारलाई बिजयी गराउन आ-आफ्नो ठाँउबाट लाग्नुपर्ने भनाई राखे ।

कमेन्टहरु
Loading...