गन्थन संवाददाता, पोखरा । राप्रपा नेपालले मंसिर ४ गते हुने निर्वाचनमा कास्कीबाट दिएको उम्मेदवारी फिर्ता लिई नेकपा (एमाले) कास्कीलाई सघाउने भएको छ । आज राप्रपा नेपाल कास्की र नेकपा (एमाले) कास्कीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै राप्रपा नेपालले फिर्ता गरि नेकपा (एमाले)लाई सघाउने सहमती गरेका हुन् ।
‘आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भमा हामी दुई राजनीति दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राप्रपा नेपाल कास्की जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेकोमा राप्रपा नेपाल कास्कीले कास्की जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारी फिताए गरि निःशर्त रुपमा नेकपा (एमाले)का उम्मेदवारहरुलाई बिजयी गराउन सहयोग गर्नेगरि सहमती गरेका छौं ।’ –जारी विज्ञप्ती लेखिएको छ ।
उक्त विज्ञप्तीमा राप्रपा नेपाल कास्कीका सचिव सूर्य बास्तोला, उपाध्यक्ष बिरबहादुर तमाङ, नेकपा (एमाले) कास्कीका सचिव बैन बहादुर अधिकारी, कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले हस्ताक्षर गरेका छन् ।
