राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीको निर्वाचन परिचालन समिति गठन

 

 

 

राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशको सोमबार बसेको बैठकले निर्वाचन परिचालन समिति गठन गरेको छ। पार्टीका गण्डकी प्रदेश समितिका सदस्य अशोक खड्कालाई पार्टीले निर्वाचन परिचालन समिति कास्कीको संयोजकको रुपमा जिम्मेवारी दिएको छ । अशोक खड्का गण्डकी प्रदेश समितिको संगठन विभागको प्रमुख पनि खड्काको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति निमार्ण गरी जिम्मेवारी समेत बाडफाड गरिएको हो ।

समितिमा यातायात व्यवस्थापन विभाग, प्रचार प्रसार विभाग, संगठन तथा युवा परिचालन विभाग, आर्थिक व्यवस्थापन विभाग, खाना खाजा व्यवस्थापन विभाग गरी ५ वटा विभाग रहेका छन ।

विभागहरुका लागि फरक फरक जिम्मेवारी तोकिएको संयोजक खडकाले बताए । यातायात व्यवस्थापन विभागको संयोजकमा राममाया बास्ताकोटी र सह संयोजकमा सुजन पौडेल रहेका छन भने सदस्यहरुमा होम बहादुर बस्नेत, प्रदिपराज कडेल, विष्णुप्रसाद कडेल र तिर्थराज अधिकारी रहेका छन । त्यस्तै प्रचार प्रसार विभागको संयोजकमा समियुन निशा र सह संयोजकमा सुरेश अधिकारी छन भने अन्य सदस्यहरुमा दिपेन्द्र लामिछाने, अनिल बावु बास्तोला, रेशम बहादुर रानाभाट तथा सोमनाथ अधिकारी रहेका छन । आर्थिक व्यवस्थापन विभागको संयोजक विश्वराज पौडेल छन भने सदस्यहरु दिनेश आचार्य र सविता शर्मा उपाध्याय रहेका छन । खाना खाजा व्यवसथापन संयोजकमा अमृत विक, वलबहादुर विक, अनिशा अधिकारी र कृष्ण प्रसाद भण्डारी रहेका छन । त्यस्तै कार्यक्रम व्यवस्थापकमा सम्राट बराल, बुद्ध गुरुङ्ग, नविन त्रिपाठी, माधव रिजाल रहेका छन । समितिको संगठन तथा युवा परिचालन समितिको संयोजक शिव नेपाली छन भने अनुशासन विभागको जिम्मेवारी बिकास भुर्तेललाई दिइएको गण्डकी प्रदेश संयोजक अशोक खडकाले जानाकारी दिए ।

समितिको नवगठित विभागका सदस्यहरुले निर्वाचन अवधिभर कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा पार्टीलाई जिताउन महत्वपुर्ण भुमिका खेल्नुका साथै चुनावको रणनिति तयार पार्ने, सहजीकरण तथा व्यवस्थापनको काम समेत गर्ने पार्टीले बताएको छ ।

कमेन्टहरु
Loading...