पोखरा रोयल सहकारीको २१औं साधारण सभा सम्पन्न

पोखरा । ‘सुखी सदस्य दिगो सहकारी’ भन्ने परिकल्पनालाई आत्मसात गर्दै पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एकाईगत रुपमा ४ वटा स्थानमा एकाई सभाहरु गरि पोखरामा एकाई प्रतिनिधीहरुको निर्णय प्रमाणीकरण सभा गरि सम्पन्न गरेको हो ।

सभाका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको सहकारी रजिष्ट्रार रमेश घर्तीले पोखरा रोयल गण्डकी प्रदेशकै नमुना सहकारी भएको र यसले गर्ने गतिविधी अन्य सहकारीले समेत अनुशरण गर्नुपर्ने बताए । साथै भावी दिनमा सहकारीको सिद्धान्त बमोजिम उत्पादन तथा रोजगारीमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न सुझाव दिए ।

वार्षिक साधारण सभामा उत्कृष्ठ कारोबार गर्ने सदस्यहरु मध्ये वर्ष उत्कृठ सदस्यहरु जीतबहादुर गुरुङ्ग र दुर्गा लामिछाने ढकाल, वर्ष उत्कृष्ठ कर्मचारी तर्फ रुपेन्द्र गुरुङ्ग, उत्कृष्ठ बाल बचतकर्ता तर्फ मिङमार गुरुङ्ग, उत्कृष्ठ लघुवित्त केन्द्र तर्फ प्रथम हार्पुथर रोयल केन्द्र, द्धितिय चक्रदेवी रोयल केन्द्र र तृतिय जागृति रोयल केन्द्र र उत्कृष्ठ सेवाकेन्द्र तर्फ मोहरिया सेवाकेन्द्रलाई प्रमुख अतिथि र अध्यक्षले नगद, प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ्गद्धारा पस्तुत वार्षिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक हर्कबहादुर गुरुङ्गद्धारा प्रस्तुत वार्षिक समीक्षा प्रतिवेदन, लेखा परिक्षकको तर्फबाट कोषाध्यक्ष गीरबहादुर श्रेष्ठद्धारा प्रस्तुत लेखापरिक्षण प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गद्धारा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट र सचिव केशवप्रसाद ढकालद्धारा प्रस्तुत विनियम संसोधन तथा विशेष प्रस्ताव समेत पारित गरेको छ ।

अहिले संस्थाको कूल सम्पत्ति २ अर्व १८ करोड पुगेको छ भने शेयर पूँजी २० करोड ९७ लाख रहेको सहकारीले जनाएको छ । जगेडा तथा अन्य कोष १९ करोड ८१ लाख, बचत निक्षेप १ अर्ब ५७ करोड, ऋण लगानी १ अर्ब ८२ करोड र ६ करोड ४८ लाख सञ्चालन नाफा आर्जन गर्न सफल भएको सहकारीले जनाएको छ ।
सभाले आ।व।२०७८÷०७९ को नाफाबाट शेयर तर्फ १०।२७ प्रतिशत लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुको कारोबारको आधारमा बचत
सहकारीले कारोबारतर्फ ३.१६ प्रतिशत र ऋण तर्फको कारोबारमा २.७२ प्रतिशत अतिरिक्त लाभ प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै आगामी वर्ष संस्थाले २५ प्रतिशतले सदस्य वृद्धि, १० प्रतिशतले बचत वृद्धि, १० प्रतिशतले ऋण वृद्धि र गण्डकी प्रदेशभर कार्यक्षेत्र वृद्धि गर्ने समेत प्रस्ताव पारित गरेको छ ।

त्यसरी नै कास्की, तनहुँ र स्याँङ्गजा गरि ९ वटा विभिन्न पालिकाहरुमा लघुवित्तको कार्यक्रम सञ्चालन गरिरहेकोमा चालु वर्ष थप २ वटा पालिकामा लघुवित्त कार्यक्रम विस्तार गर्ने योजना रहेको रोयल सहकारीले जनाएको छ । साधारण सभाकै अवसरमा दुबै कान नसुन्ने तथा मुख नबोल्ने संस्थाका सदस्य सीता परियारका ४ वर्षे छोरा प्रमिश परियारको उपचारको लागि संस्थाले ५० हजार नगद सहयोग गरेको छ ।

वि.सं. २०५९ सालदेखि पोखरालाई कार्यथलोको रुपमा कारोबार गरिरहेको सहकारीको हाल कास्की, स्याँङ्गजा, तनहुँ, लमजुङ्ग र पर्वत जिल्ला गरि ५ जिल्ला कार्यक्षेत्र रहेको छ । प्रधान कार्यालय सहित सहकारीको ४ वटा कार्यालय, ८४०८ जना सदस्य र ४३ जना कर्मचारी कार्यरत रहेका छन् । संस्थाले सदस्य केन्द्रित बचत तथा ऋण सेवाको अलवा सामुदायिक गतिविधी, एटिएम, मोवाईल बैकिङ्ग, क्यू आर कोड, एस एम एस बैकिङ्ग लगायतका आधुनिक प्रविधी मार्फत छिटो छरितो सेवा प्रदान गरिरहेको सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।

साधारण सभा रोयल सहकारी संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...