पोखरा । पोखरा महानगरपालिकाले बजार अनुगमनलाई तिव्रता दिएको छ ।नेपालीहरु ठुला चाडपर्व नजिकिँदै जादा बजार अनुगमन तिव्र पारेको हो । पोखरा महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले एक सातादेखि बजार अनुगमन गरिरहेको छ ।
पोखराका मुख्बजारका पसलहरुमा अनुगमन गरिएको महानगरका उपप्रमुख एंव उपभोक्ता हित संरक्षणमा संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् । अनुगमन अन्तर्गत मंगलबार पोखरा २५ हेमजाको मिलनचोकका छ वटा खाद्य पसलमा अनुगमन गरेको छ । अनुगमनमा मुल्यसुचि नभएको, पसल दर्ता र दर्ता भएका पसल नवीकरण नभएका तथा म्याद नाघेका खाद्य सामग्री फेला परेको अनुगमनमा सहभागी महानगरका सहायक पाँचौ ऋषिराम सापकोटाले जानकारी दिए ।
अनुगमनमा छ सपसलका सञ्चालनलाई सम्पूर्ण कागजपत्र सहित बुधबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन तारिख दिइएको सापकोटाले जानकारी दिए । अनुगमनमा एकराज किराना पसलबाट म्याद नाघेका ३२४०, बैजनि किराना पसलबाट ५०० को म्याद नाघेका खाद्य सामग्री नष्ट गरिएको छ ।
त्यस्तै शुभकार्य मसला तथा झिलिङगा उद्योग, सन्देश किराना पसल, घामपानि सुपर मार्केटमा जोख्ने सामग्रीको दर्ता नगरेको, पसल नविकरण नगरेको पाएकाले नविकरण गर्न र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको पोखरा २५ का वडा अध्यक्ष मोतिलाल तिम्सेनाले जानकारी दिए । उनले पसल सञ्चालन गर्दा दर्ता गरेर बैधानिक रुपमा सञ्चालन गर्न सबै वडा बासिलाई अनुरोध गरेका छन् । उनले जनस्वास्थ्यलाई ख्याल गरेर ब्यवसाय सञ्चालन गर्न समेत आग्रह गरेका छन् ।